काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ ।
मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको मकालु गाउँपालिकाले जनाएको हो ।
मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए । विष्टले विदेशी टोलीको भरिया काम गर्दै आएका थिए । विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको बताइएको छ ।
सदरमुकाम खाँदबारीबाट घटनास्थल पाँच दिनको पैदल दूरीमा पर्दछ । घटनाका बारेमा शनिबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालमा जानकारी आएको प्रहरीले जनएको छ ।
प्रतिक्रिया दिनुहोस्