३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


‘शरणर्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजीयो’


221
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गरेका छन् ।

एकाले पार्टीका स्थानीय तहका जनप्रतिनिधिको अनुशिक्षण कार्यक्रममा उनले भने । ‘एमाले सधै भ्रष्टाचारको विरोध गर्छ तर एमालेलाई बदनाम गर्न खोजियो ।’

उनले एमालेविरुद्ध संसदमा आधारहिन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले संसद् अवरुद्ध गरेको बताए ।

‘नेपालीलाई भुटानी बनाएर विदेश पठाउने धन्दामा कोही व्यक्ति सामेल भएका छन् । अहिले यसमा को संलग्न छ ? अदालतमा मुद्दा परेको छ म भन्न चाहान्नँ,’ उनले भने, ‘तर भुटानी शरणार्थीप्रकरणको सबै दोष एमाले तर्फ खनयाउन खोजियो ।’ उनले थपे ‘मेरा नजिकका मानिसलाई पोल्न, लेख्न र मुछ्न लयाउने काम भइरहेको छ ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।