Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


जनकपुर महानगर ११ का वडा अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर


156
Shares

काठमाडौं । जनकपुर उपमहानगरपालिका वडा नम्बर– ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले ५० हजार रूपैयाँ घुस लिएको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो ।

रंगेहात पक्राउ परेका दुवै जनालाई ५० हजार रुपैयाँ विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।