
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा भएको दृष्टिविहीनहरुको लागि व्यवसायिक सीप विकास र प्रवद्र्धन कार्यक्रममा उहाँले सिटिभिटीसँग सहकार्य गरी सरकारले नेत्रबिहीनका लागि लचिलो सीप परीक्षण विधि अपनाउन सके नेत्रहीनहरुले पनि सहजै रोजगारी पाउने बताउनु भयो । उहाँले नेत्रहीनहरुका लागि कस्ता सीप दिने भन्नेबारेमा विस्तृत छलफल गनुपर्नेमा जोड दिनुभयो ।
नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूले व्यावसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रममा दृष्टिबिहीनलाई नसमेटिएको बताउनु भयो । उहाँले सीप बिना जीवन चलाउन नसकिने भएकाले नेत्रहीनहरुलाई पनि सरकारले सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरुमा समेट्नैपर्ने जरुरी रहेको बताउनु भयो ।
उहाँले व्यावसायिक सीप विकासको प्रवद्र्धनमा लाग्नुपर्छ सबै लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा अन्य वक्ताहरुले सीप विकाससँग सम्बन्धित काममा तीन तहका सरकारबीचको समन्वय, संघीय मन्त्रालय र निकायबीचको समन्वयका साथै सीपविकासको पाठ्यक्रम र सीप परीक्षणलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्