३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सांसदको माग


117
Shares

काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले काठमाडौंमा सुविधा सम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले देशका विभिन्न पर्यटकीय सहरहरुमा जाने पर्यटकहरुका लागि व्यवस्थित र सुविधासम्पन्न पर्यटक बसपार्क काठमाडौंमा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

सांसद भट्टराईले नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरु काठमाडौंमा बसपार्क नभएका कारण असुरक्षित भईरहेकाले पनि सरकारले उनीहरुलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।सांसद भट्टराईले सरकारले नेपाल भ्रमण दशक घोषणा गरेपनि त्यस अनुरुपको तयारी गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।