
काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाउनुभएको छ ।
मंगलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री रावललले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाउनुभएको हो । उहाँले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गर्नुभयो। उहाँले प्रदेश मातहतमा पर्ने राजश्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालन समेत संघीय सरकारको नियन्त्रणमा रहेर एकाअधिकार जमाएको बताउनु भयो।
उहाँले प्रदेश सरकारले राजश्व संकलन गरिदिए अनुदान दिन्छौं भन्दै एकाधिकार जमाएको बताउनु भयो । उहाँले प्राकृतिक स्रोत प्रदेश मातहतमा आएपनि स्वीकार गर्न नसकेको बताउनु भयो । उहाँले प्रहरी समायोजन,कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरु केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै प्रदेश र संघीय सरकारबीच अधिकार बाँडफाडमा लडाइ गर्नुपरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्