Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


करिश्मा र आकाशले पाए ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड’


3.1k
Shares

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर र निर्देशक आकाश अधिकारीले भारतमा ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड २०२३’ प्राप्त गरेका छन् ।

करिश्मा र आकाशलाई आइतबार मुम्बईमा आयोजित एक समारोहकाबीच अवार्ड दिइएको हो । सो कुराको जानकारी करिश्माले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै दिएकी छिन् ।

उनले तस्बिरसँगै लेखेकी छिन् ‘कला एक विश्वव्यापी भाषा हो, यसको माध्यमबाट प्रत्येक राष्ट्रले मानव जातिको संस्कृतिमा आ- आफ्नो अद्वितीय योगदान दिन्छ, यसको कुनै सीमा छैन। यसले सबै बाधाहरू पार गर्दै मानिसहरूको जीवनलाई समृद्ध बनाउन पुग्छ। हाम्रो नेपाली चलचित्र उद्योगको यो सम्मानजनक पहिचानको लागि दादासाहेब फाल्के फिल्म फाउन्डेसनलाई धन्यवाद ।’