१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


आठ करोड बढी ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ


27.989k
Shares

सिन्धुली । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

उनी विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरि करोडौं ठगी गरेको आरोपमा काठमाडौंबाट पक्राउ परेका हुन् । गोलञ्जोर गाउँपालिका ४ तिनकन्या घर भएका गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ ।

उनलाई परिसरमा उजुरी परेपछि खोजी गरिएको थियो । पक्राउ परेका गुरुङलाई काठमाडौं अदालतबाट म्याद थप गरि ठगी, अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धि कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध प्रहरी परिसर काठमाडौंमा फरक-फरक तीनजना व्यक्तिबाट ८ करोड ५ लाख नगद र २० तोला सुन ठगी गरेको उजुरी परेको थियो ।

यो समाचार आजको राजधानी दैनीकमा प्रकाशित छ ।