रसुवा । पहिरोका कारण सडक भत्किएर एक महिनाअघिदेखि अबरुद्ध भएको नेपाल र चीनबीचको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आजबाट पुनः संचालनमा आएको छ ।
पासाङल्यामु मार्गको धुन्चे तथा रसुवागढी सडकखण्डको मर्मत भएसगै नाकाबाट नाका सञ्चालनमा ल्याइएको हो । यो नाका हुँदै आज बिहानबाटै यातायातका साधन चल्न सुरु भएका छन् ।
बाढी र पहिरोको कारण पुल तथा सडकमा क्षति पुगेपछि एक महिनासम्म अबरुद्ध भएको नाका पुनः संचालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर कच्ची सडकको एक स्थानमा पहिरो र तीन स्थानमा बाढीले क्षति पुर्याएको थियो ।
नाका संचालनमा आएसँगै चीनको केरुङमा रोकिएका कन्टेनरहरु नेपाल भित्रिन थालेका छन् ।
रसुवागढी नाकाबाट दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्