काठमाडौं, भदौ १९ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० सम्ममा कुल ग्राहस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने दाबी गरेका छन् ।
नेपाल पर्वतारोहण संघले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले ‘भिजिट नेपाल २०२०’ को तयारी तीव्र भइरहेको भन्दै सो अवधिसम्म पर्यटनको योगदान बढाउने दाबी गरेका हुन् ।
पर्यटन वर्षमा २५ लाख पर्यटक सजिलै पुर्याउन सकिने उनको दाबी छ ।
सुशासनबिनाको पर्यटन अघि बढ्न नसक्ने भन्दै उनले पर्वतारोहण क्षेत्रमा नियमनको खाँचो औंल्याए ।
संघका अध्यक्ष सन्तवीर लामाले संघलाई राजनीति र विपक्षीरहित बनाउनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्