८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


होङ्सी शिवम् सिमेन्टमा एनएमबि बैंकको अगुवाइमा पाँच बैंकको १६ अर्ब लगानी


0
Shares

काठमाडौं, भदौ १९ । होङ्सी शिवम् सिमेन्टमा एनएमबि बैंकको अगुवाइमा पाँच बैंकले १६ अर्ब लगानी गर्ने भएका छन् ।

नेपालको शिवम् सिमेन्ट र चीनको होङ्सी सिमेन्टको संयुक्त लगानीमा सन्चालित होङ्सी शिवम् सिमेन्ट प्रालिमा पाँच बैंकहरुले १६ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन् ।

नेपालकै सबैभन्दा ठूलो उद्योगकारुपमा स्थापना भएको यस सिमेन्ट उद्योगमा एनएमबि बैंकको नेतृत्वमा सहवित्तीयकरण कर्जा उपलब्ध गराउन बैंकहरु तयार भएका हुन् ।

हालै राजधानीमा आयोजित एक कार्यक्रममा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

एनएमबि बैंकको नेतृत्वमा नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, एभरेस्ट बैंक र नेपाल एसबीआई बैंकले लगानी गर्ने भएका हुन् ।

एनएमबिले ६ अर्ब ७५ करोड, इन्भेस्टमेन्ट बैंकले ४ अर्ब, प्रभु बैंकले ३ अर्ब, एभरेस्ट बैंकले सवा एक अर्ब र नेपाल एसबिआई बैंकले एक अर्ब कर्जा प्रवाह गर्ने भएका हुन् ।

७ वर्षको अवधि रहेको यस ऋणका लागि बैंक अफ चाइना र चाइना मिङसेङ बैंकले बैंक सुरक्षण जमानत दिएको जनाइएको छ ।

होङ्सी सिमेन्टमा होङ्सीको ७० प्रतिशत र शिवम् सिमेन्टको ३० प्रतिशत हिस्सा रहेको छ ।

कारखाना पूर्णक्षमतामा सन्चालन भएपछि प्रतिदिन ६ हजार टन क्लिन्कर र एक लाख २० हजार बोरा सिमेन्ट उत्पादन क्षमता पुग्ने जनाइएको छ ।