प्रकाश मैनाली (इमेज)
सर्लाही, भदौ १९ । कागजात नभएका तथा गैरकानुनी सामानसहित नियन्त्रणमा परेका सवारी–साधनहरु मुलुकका विभिन्न भन्सारमा थन्किएर बसेका छन् ।
विभिन्न किसिमका मुद्दा परेका तथा भारतबाट भन्सार नतिरी ल्याइएका कारण नियन्त्रणमा लिइएका सवारी–साधनहरु भन्सार कार्यालय, प्रहरी कार्यालय, सागरनाथ वन विकास परियोजना, वन, अदालतजस्ता कार्यालयका प्रांगणमा छरपस्ट भेटिन्छन् ।
यसले एकातिर राज्यलाई राजस्वमा घाटा भइरहेको छ भने अर्कोतिर बेवारिसेसरह राखिएका यी सवारी–साधनले कार्यालयहरु नै कुरुप देखिने गरेको छ ।
उचित मूल्य कायम गरी समयमै लिलामीमा लानसके सम्पत्ति पनि थप नोक्सान नहुने र राजश्व पनि बढ्ने थियो ।









प्रतिक्रिया दिनुहोस्