Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


अभिनेत्री गौहर खान बनिन् आमा


9.4k
Shares

एजेन्सी । भारतीय टीभी अभिनेत्री तथा मोडल गौहर खान आमा बनेकी छिन् ।

गौहरले मे १० मा छोरालाई जन्म दिएकी हुन् । गौहरले सामाजिक सञ्जालमार्फत आफू आमा बनेको जानकारी दिएकी हुन् ।

अनुष्का शर्मा, दिया मिर्जा, विक्रान्त मेस्सी र मृणाल ठाकुर जस्ता कलाकारहरुले गौहरलाई आमा बनेकोमा बधाई दिएका छन् ।

उनले ९ महिना अगाडी सामाजिक सञ्जाल पोस्टमार्फत नै आफू गर्भवती भएको जानकारी दिएकी थिइन् । २५ डिसेम्बर २०२० मा, गौहर र जैद दरबारले मुम्बईको आईटीसी ग्रान्ड मराठा होटलमा विवाह गरेका थिए ।

गौहर र जैदको उमेरमा १२ वर्षको अन्तर छ । आफूभन्दा १२ वर्ष कान्छो केटासँग विवाह गरेका कारण उनीहरूकाे विवाह त्यतिबेला चर्चामा थियो ।

जैदले पहिलो पटक गौहरलाई एउटा किराना पसलमा देखेका थिए, त्यसपछि गौहरलाई म्यासेजमार्फत भेट्ने इच्छा व्यक्त गरे। दुईबीचको सम्बन्ध मित्रताबाट सुरु भएको थियो, लामो समय एकअर्कालाई डेट गरेपछि यी जोडीले विवाह गरेका थिए ।