१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


सरुवा भएका कार्यालयमा ७ दिनभित्र नगए कारबाही


702
Shares

काठमाडौं । सरकारले खटाएका/सरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्ने प्रवृत्ति सरकारी कर्मचारीमा बढ्दै गएको छ ।

यो प्रवृत्ति रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै मन्त्रालय, कार्यालय, आयोग, प्रदेश कार्यालय, विभाग, तथा स्थानीय तहलाई परिपत्र गरेको छ ।

मन्त्रालयले सरुवा भएको कार्यालयमा सात दिनभित्र हाजिर नहुने कर्मचारीलाई विभागीय कारबाही गर्ने चेतावनी दिएको छ । सरुवा गरिएको ठाउँमा कर्मचारीलाई नपठाउने तथा रमाना नदिने कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने चेतावनी दिइएको छ ।

खटाएको ठाउँमा नजाने प्रवृत्तिले कार्यसम्पादनमै असर पर्ने ठानेर मन्त्रालयले यस्तो निर्णय गरेको सहसचिव तथा कर्मचारी प्रशासन महाशाखा प्रमुख हेमराज तामाङले बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।