२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन


2.392k
Shares

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रहरी अनुसन्धानमा तानिएका नेता बालकृष्ण खाँणलाई पार्टीले कारबाही गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद देखिएको छ ।

बुधबारबाट सुरु पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले प्रहरीले अनुसन्धानका लागि हिरासतमा पु¥याएका खाँणलाई पार्टीले निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् । सो प्रस्तावमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङले समर्थन जनाएका छन् ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने खाँणबारे मुख खोलेका छैनन् । संस्थापननिकट अन्य केही नेताले भने खाँणमाथिको अनुसन्धान नसकिंदासम्म उनलाई कारबाही गर्न नहुने धारणा बैठकमा राखिरहेका छन् ।

बिहीबारसमेत सभापति देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले खाँणलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।