१४ श्रावण २०८२, बुधबार | Thu Jul 31 2025


बयान फेर्न लगाउन राजनीतिक दबाब


5.083k
Shares

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा सर्वसाधारणबाट पैसा उठाएर ठगी गरेको आरोपमा पक्राउ परेका गिरोहका सदस्यहरूले दिएको बयान फेर्न प्रहरीलाई राजनीतिक दबाब परेको छ ।

नेपाली कांग्रेसका केही नेताले पक्राउ परेकाले दिएको बयान फेर्न प्रहरीलाई दबाब दिन थालेका हुन् ।

प्रहरीका अनुसार मंगलबारसम्म नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहका १० जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ ।

पक्राउ परेका गिरोहका ती सदस्यलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनीहरूले यो प्रकरणमा राजनीतिक दलका नेताहरूको समेत संलग्नता रहेको बयान दिएका छन् । राजनीतिक दलका नेतालाई मुछेर दिइएको बयान फेर्न राजनीतिक तहबाट दबाब आएपछि अनुसन्धान गर्न असजिलो भएको प्रहरी स्रोतले बतायो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।