१४ श्रावण २०८२, बुधबार | Thu Jul 31 2025


निर्यातमा अनुदान बहस : उद्योगलाई उत्पादन र निर्यातमा दोहोरो सुविधाप्रति महालेखाको प्रश्न


130
Shares

काठमाडौं । निजी क्षेत्रले आधा दशकदेखि निर्यातमा दोहोरो अंकको नगद अनुदान माग गर्दै आएको छ ।

निर्यातमा अनुदान बढाउँदा उद्योगीलाई उत्पादन बढाउन हौसला पुग्ने भन्दै उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले सरकारसँग लबिङ पनि गर्दै आएका छन् ।

महालेखा परिक्षणको कार्यालयले भने यस्ता उद्योगलाई प्रदान गरिने सुविधाको सम्बन्धमा प्रश्न गरेको छ । महालेखाको ६० औं प्रतिवेदनले निकासीजन्य उद्योगलाई उत्पादनसँगै निकासीमा दोहोरो अनुदान तथा सुविधा दिइएको भन्दै प्रश्न गरेको हो ।

उत्पादनमा सहुलियत दिने र सोही उत्पादन निर्यात गर्दा फेरि नगद अनुदान दिँदा एकै उद्योगले दोहोरो सुविधा उपभोग गर्न पाउने अवस्था देखिएको भन्दै दोहोरो सुविधा नहुने गरी अनुदान दिने व्यवस्था गनुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।