२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


अर्थतन्त्र उकास्न मौद्रिक नीतिमा ठाँउ छ ?


130
Shares

काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तता चिर्न सरकारले आगामी मौद्रिक नीतिको भर पर्ने संकेत गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले वित्त नीतिबाट मात्रै अर्थतन्त्र सुधार्ने ठाँउ नभएको भन्दै मौद्रिक नीतिलाई लचिलो बनाउनु पर्नेमा जोड दिइरहेका छन् ।

राष्ट्र बैंक चालु आर्थिक वर्ष त्रैमासको मौद्रिक नीति समीक्षा गर्ने तयारीमा छ भने नयाँ आवको लागि नीति बनाउने तरखरमा छ ।

यसबीचमा अर्थमन्त्री महतले मौद्रिक नीतिलाई लचिलो बनाई अर्थतन्त्रका क्रियाकलापहरुलाई खुकुलो बनाउँदै जानुपर्ने बताउँदै आएका छन् ।

विगतका केही महिनामा बैंक व्याजदर चर्को भएकाले अर्थतन्त्रमा सुस्तता आएको निजी क्षेत्रले बताउँदै आएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।