२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


कामपाका अव्यवस्थित गन्जागोल तार आजबाट  हटाइने


364
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट बिजुलीको पोलमा राखिएका अनावश्यक तार हटाउने भएको छ । महानगरको प्रहरी टोलीले आज माइतीघरदेखि त्रिभुवन विमानस्थलसम्म र न्युरोडगेटबाट वसन्तपुर, असन, कमलाक्षी र भोटाहिटीसम्मको तार हटाउने जानकारी दिएको छ ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजधानीको ११ क्षेत्रबाट तार हटाइने जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सम्भवतः आजै सोमबार नेपाल दूरसञ्चार प्राधिकरणले सबै केवल प्रदायक संस्थालाई तार हटाउन सार्वजनिक सूचना जारी गर्नेछ । प्राधिकरणले सूचना जारी गरेपछि हामी आजैबाट तार हटाउन शुरू गर्नेछौं ।’

यसअघि यही वैशाख ११ गते कामपाले सडक किनारामा भएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न (ट्याग) लगाउन सार्वजनिक सूचना जारी गरेको थियो । तार हटाउन आग्रह गर्दै मेयर साहले सहरी व्यवस्थापनसँग सम्बन्धित यसअघिका समस्यालाई यथावत् राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त नहुने भएकोले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्ने बताउनुभएको थियो । उ

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।