२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


अर्थतन्त्र उकास्न मौद्रिक नीतिको भर


52
Shares

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले प्रभावकारी भूमिका खेल्ने बताएका छन् ।

वित्त नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउन सरकारसँग स्रोतको पर्याप्तता नभएको भन्दै उनले मौद्रिक नीतिका उपकरणमार्फत केन्द्रीय बैंकले काम गर्न सक्ने बताए । बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै उनले वित्त नीतिबाट पूँजी परिचालन गर्न नसकिएको बताएका छन् ।

अर्थतन्त्रमा देखिएको शिथिलता समाधान गर्न मौद्रिक नीतिले नै बढी प्रभावकारी हुने पनि उनले बताएका हुन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।