१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


समाजमा सकारात्मक सोचको विकास गर्न सञ्चार माध्यमले भूमिका खेल्नुपर्छ: प्रधानमन्त्री दाहाल


52
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सञ्चार माध्यमहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

आइतबार गोरखापत्र संस्थानको १२३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले अध्यारोबाट शिक्षा लिएर उज्योतर्फ अघि बढ्ने प्रवृत्तिलाई प्रोत्साहित गर्नु अतिआवश्यक भएको समेत बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सामाजिक सद्भाव र संस्कृतिलाई विकसित र परिमार्जित गर्दै युग सुहाउँदो रुपमा लैजान आवश्यक रहेको बताउनुभयाे । विज्ञानले गरेका कामलाई आत्मसाथ गर्दै त्यसको सही रूपमा सदुपयोग गर्न तथा युग सापेक्ष बनाउन जरुरी रहेको धारणा उहाँले राख्नुभयो ।