
काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई विस्थापित गर्न स्थापना नभएको स्पस्ट गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्यपछि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा कुनै देशकोे नेतृत्वमा सैन्य अभ्यास गर्ने सहमति नभएको पनि बताए ।
एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बाढीपीडितलाई उद्धार, राहत र क्षतिपूर्ति तथा असुरक्षित स्थानमा बसोबास गर्नेलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।
बैठकमा सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, डा. मीनेन्द्रप्रसाद रिजाल, रामबहादुर विष्ट, अवधेशकुमार सिंह, भरतकुमार शाह, राजेन्द्रकुमार केसी, मीन विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, सञ्जयकुमार गौतम, सरिता गिरी, मीना सुब्बा र महेन्द्रराय यादवले प्रधानमन्त्री ओलीलाई सम्मेलनका विषयमा जिज्ञासा राखेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्