१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


‘भ्रष्ट राजनीति’ संरक्षणमा ओलीको आड


3.887k
Shares

काठमाडौं । नेपालमा भए गरेका सबै तहका भ्रष्टाचार काण्डमा राजनीतिक संरक्षण हुने गरेको छ । सत्ताबाहिर रहँदा भ्रष्टाचारका बारेमा नेताहरूले दिएका अभिव्यक्ति जति कर्णप्रिय हुन्छन् सत्तामा पुगेसँगै उनीहरूनै बढी भ्रष्टाचारमा मुछिने गरेको तथ्यले भ्रष्टाचारमा राजनीतिक संरक्षण रहेको पुष्टि गरेको हो ।

राजनीतिक संरक्षणकै आडमा भएका भ्रष्टाचारमा अधिकांश दलका नेताहरू नमुछिएका हैनन् । तर, यो मामलामा सबैभन्दा बढी नेकपा एमाले अगाडि रहेको घटना क्रमले देखाउँछ ।

भ्रष्टाचारका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिने गरेका अभिव्यक्ति र आफ्ना नेता कार्यकर्ता मुछिएपछि आउने उहाँको टिप्पणीले ‘भ्रष्ट राजनीति’ संरक्षणमा ओली अगाडि रहेको भान हुन्छ ।

भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा १५ देखि ४५ लाखसम्म ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।