१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


कोभिड–१९ संकटकाल अन्त्य


637
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ महामारीको विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गरेको छ ।

संगठनले पत्रकार सम्मेलन गर्दै कोभिडको विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गरेको हो । संगठनको आपत्कालीन समितिको १५ औँ बैठकले जनस्वास्थ्य संकटकाल अन्त्यको घोषणा गर्न सिफारिस गरेको थियो ।

संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले समितिको उक्त सल्लाहलाई स्वीकार गरेको बताउनुभएको छ । संकटकाल घोषणाको तीन वर्षपछि कोरोना महामारी अन्त्य भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. कृष्ण पौडेलले विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको जानकारी पाएको बताउनुभयो । संगठनका अनुसार अब कोभिड–१९ ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’को प्रतिनिधित्व गर्दैन ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।