१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


भ्रष्टाचार निवारण विधेयक : मुद्दा दायरको हदम्याद हटाउन प्रस्ताव


546
Shares

काठमाडौं । सार्वजनिक पद धारणा गरेका व्यक्तिले अवकाश पाएपछि भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने भ्रष्टाचार निवारण विधेयकको व्यवस्था हटाउन सांसदहरूले संशोधन दर्ता गर्नुभएको छ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन रहेको विधेयकमा २१ वटा संशोधन दर्ता भएका छन् ।

अधिकांश सांसदले मुद्दा चलाउने अवधि (हदम्याद) हटाउन संशोधन दर्ता गर्नुभएको हो । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का सांसदहरूले उक्त संशोधन दर्ता गर्नुभएको छ ।

केही सांसदहरूले सार्वजनिक पद धारणा गरेको व्यक्ति सेवामा रहँदा भ्रष्टाचार मुद्दा अख्तियारले हेर्न नपाउने भएमा अवकाशपछि अनुसन्धान र मुद्दा चलाउन पाउने व्यवस्थासमेत थपको संशोधन गर्नुभएको छ ।

कांग्रेस सांसदहरू गगन थापा, बद्री पाण्डे र जीवन परियारले उक्त संयुक्त संशोधन दर्ता गर्नुभएको छ । अहिले न्यायाधीशलगायतलाई सेवामा रहँदा अख्तियारले अनुसन्धान र तहकिकात गर्दैन ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।