१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


दुई सय स्थानीय तहले दिन थाले श्रमस्वीकृति


221
Shares

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रमस्वीकृति दिने व्यवस्था मिलाएको दुई साता बित्दा देशभरका दुई सय स्थानीय तहबाट सुरू भएको छ ।

सरकारले यही वैशाख ३ देखि संघ र प्रदेशमा रहेको सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्‍याएको थियो । अनुमति पाएको १८ दिनमा दुई सय स्थानीय तहले सेवा सुरु गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यसअघि काठमाडौंबाट मात्र हुँदै आएको श्रमस्वीकृति दुई वर्षअघिमात्र प्रदेशस्तरमा लगिएको थियो ।

यस वर्षको वैशाखबाट भने सबै स्थानीय तहबाट सेवा दिने गरी सरकारले व्यवस्था गरेको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।