१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


प्रतिनिधिसभा बैठकलाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने


0
Shares

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भएका सहमति र कार्यान्वयनका आधारबारे सदनलाई जानकारी गराउन लागेका हुन् ।

काठमाडौंमा गत बिहीबार र शुक्रबार भएको बिमस्टेक शिखर सम्मेलनले १८ बुँदे घोषणापत्र जारी गरेको थियो । बिमस्टेक आवद्ध मुलुकमा सन् २०३० सम्ममा गरिबी अन्त्य गर्ने, कनेक्टिभिटीका लागि नयाँ योजना र बुद्ध सर्किट बनाउनेलगायत सहमति भएको थियो ।

प्रतिनिधिसभाले आजै वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक र खाद्य अधिकारसम्बन्धी विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने भएको छ ।