Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रधानमन्त्री प्रचण्डको दाबी


650
Shares

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउनु भएकाे छ।

हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उहाँले रास्वपाले समर्थन फिर्ता नलिने दाबी गर्नु भएकाे हाे ।

रास्वपा अध्यक्ष रवि लामिछानेसँग आइतबार भएको भेटमा रास्वपालाई सरकारमा ल्याउनेबारे सकारात्मक कुराकानी भएको बताउनु भयाे ।

रविले उक्त भेटमा यही मन्त्रालय चाहिन्छ भनि दाबी नगरेको र गठबन्धनमा सल्लाह गरेर मात्र टुंगो लगाउने प्रचण्डले बताउनु भयाे।