३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


जसपा-लोसपा पुनर्मिलन उन्मुख


117
Shares

काठमाडौं । उपनिर्वाचन सकिएलगत्तै जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकीकरणको चर्चा सुरु भएको छ। उपनिर्वाचनले जसपा र लोसपाबीचको सम्बन्धमा एकाएक सुधार ल्याएको हो। उपनिर्वाचनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जीवनकै प्रतिष्ठाको विषय बनाएका थिए। उनलाई जनमत पार्टीका उम्मेदवारले निकै टक्कर दिएका थिए।

अन्तिम समयसम्म पनि यादव जित्ने निश्चत थिएन। यस्तो संकटपूर्ण अवस्थामा लोसपाले यादवको काँध थापेको थियो। यादवलाई जिताउन लोसपाले कार्यकारिणी समिति सदस्य जितेन्द्र सोनाललाई कमान्डर नियुक्त गर्‍यो। सोनालको गृह जिल्ला पनि बारा भएकाले यसबाट यादवलाई सहयोग पुग्ने निश्चित थियो। यादवलाई जिताउन लोसपाका शीर्ष नेताहरू बारा २ मै पुगेर भोट मागेका थिए।

उपनिर्वाचन सकिएलगत्तै जसपा र लोसपाबीच एकीकरणको चर्चा सुरु भएको छ। उम्मेदवार मनोनयन गर्नुभन्दा केही दिनअघि लोसपा नेता राजेन्द्र महतोले बारा २ मा उम्मेदवारी दिने तयारी गरेका थिए। तर अन्तिम समयमा महतोले यादवलाई सहयोग गर्ने बताउँदै आफूले उम्मेदवारी नदिने घोषणा गरे।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।