३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


१० महिना १२ दिनमा बल्ल आधा राजस्व


130
Shares

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा राजस्व असुलीको लागि राखेको लक्ष्यको १० महिनामा बल्ल आधा राजस्व उठेको छ ।

चालू आवको बजेटमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यसको आधा राजस्व उठाउन सरकारलाई १० महिना १२ दिन लागेको छ । वैशाख १२ सम्ममा ७ खर्ब २ अर्ब रुपैयाँ राजस्व असुली भएको हो ।

यो वर्ष लक्ष्यको तुलनामा राजस्व थोरै संकलन भएको मात्र होइन, गत वर्षभन्दा पनि कम उठेको छ । गत वर्षको तुलनामा याे वर्ष १८.८९ प्रतिशत राजस्व कम उठेको हो । अर्थ विज्ञहरुका अनुसार राजस्व कम संकलन हुनुमा धेरै कारण छन् ।

घरजग्गा र सेयर कारोबारमा गिरावट आउनु, महँगी र आन्तरिक उत्पादन कम भएर अर्थतन्त्र सुस्त हुनु यसका प्रमुख कारण हुन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।