५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


पब्जी र वल्र्डलिंकबीच सम्झौता


156
Shares

काठमाडौं । चर्चित मोबाइल गेम पब्जी र नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकबीच सम्झौता भएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सम्झौता भएको हो ।

नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्न यो साझेदारी भएको कम्पनीले जनाएको छ । कम्पनीले नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा यसबाट गर्न सकिने बताएको छ ।

नेपालमा मोबाइल गेमिङको आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जी मोबाइलका नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमर छन् । कार्यक्रममा बोल्दै वल्र्डलिंकका सिईओ केशव नेपालले गेमिङ क्षेत्रलाई राम्रो बनाउनका लागि सम्झौता भएको बताउनुभयो ।

वल्र्डलिंंक र पब्जी मोबाइलले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपूर्व कदमको रूपमा लिएको बताएका छन् ।