
फाइल तस्बिर
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भएको पाँच महिनापछि विषयगत समिति गठन भएको छ ।
समिति गठन भए पनि समितिका सभापति भने चयन गर्न अझै केही समय लाग्ने भएको छ ।
शीर्ष नेताहरूको लामो गृहकार्यपश्चात् समितिको सदस्य टुंगो लागे पनि सभापति चयनमा अझै झमेला छ ।
प्रतिनिधि सभाका १० वटा विषयगत समितिमा रहने सांसदहरूको नाम राजनीतिक दलले पठाएपछि समितिले पूर्णता पाएको हो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्