Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


उपनिर्वाचन परिणाम: पुराना दलप्रति जनआक्रोश


130
Shares

काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका लागि यही वैशाख १० गतेको उपनिर्वाचन ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्’ भने जस्तै भयो। निर्वाचन परिणामले सत्ता गठबन्धनमा फेरबदल पनि ल्याउनेछैन भने माओवादी केन्द्रले आफ्नो सिट पनि गुमाएको छैन।

त्यति मात्र होइन, पार्टी उम्मेदवार पराजित भए वा मत घट्यो भन्ने चिन्तासमेत माओवादी केन्द्रलाई रहेन। किनकि उसले तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा आफ्नो उम्मेदवार नै उठाएन। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई माओवादी केन्द्रले सहयोग गर्ने निर्णय गरेको थियो। त्यसैले माओवादी केन्द्रलाई निर्वाचन परिणामले सिधा असर पारेन। प्रमुख प्रतिपक्षी एमालेले निर्वाचन हार्दा पनि प्रतिनिधिसभाको सिट गुमाउनुपरेन।

उपनिर्वाचन जित्दा र हार्दा सत्ता राजनीतिमा उसलाई पनि फरक पर्ने देखिँदैन। तर संगठन सुधारका लागि भन्दै ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको एमालेका लागि उपनिर्वाचनमा पार्टी उम्मेदवारले पाएको मतले एक धक्का दिएको छ। जनतामाझ पार्टी पपुलर रहेको एमाले नेतृत्वले दाबी गरिरहेका बेला उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा उसको मत निकै घटेको छ। त्यसले एमालेप्रति आकर्षण कम भएको स्पष्ट संकेत गरेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।