४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


हिमाल आरोहण अनुमतिबाट साढे ७३ करोड रोयल्टी


65
Shares

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथासहित २४ हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य २३ हिमाल आरोहणका लागि यो संख्यामा अनुमति जारी भएको पर्यटन विभागले जनाएको हाे । विभागका अनुसार बुधबारसम्म ४२ समूहका ३ स ६७ पुरुष ९६ महिलासहित कुल ४ सय ६३ जनाले सगरमाा आरोहणका लागि अनुमति लिएका छन् । अन्यले विभिन्न २३ हिमाल आरोहणका लागि अनुमति लिएका हन् ।

विभागका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणमा यो वर्ष अनुमति लिनेको संख्या उल्लेख्य छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।