Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


ठक्कर पाउँदा पनि नचेतेको कांग्रेस


195
Shares

काठमाडौं । चुनावमा लज्जाजनक हारपछि भएका त्रुटिहरू केलाउन र सच्चिएर अघि बढ्न तयार हुनुहुन्छ होला भन्ने लागेको थियो। तर सभापति सच्चिने बाटोमा देखिनुभएन। चुनाव गराएको श्रेय सभापतिलाई दिनुपर्छ। तर हारको जिममेवार पनि उहाँले लिनुहुन्छ होला भन्ने लागेको थियो, लिनुभएन।’ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल (हाल राष्ट्रपति) ले २०७४ सालको आम निर्वाचनमा पार्टी पराजयका सन्दर्भमा २०७५ मंसिर २८ गते केन्द्रीय समितिमा दिएको अभिव्यक्ति हो यो।

सभापति शेरबहादुर देउवाले पौडेललाई तत्कालै जवाफ फर्काए, ‘मलाई गाली गरेर चुनाव जितिँदैन। आफ्नो जिल्ला र गाउँ गएर जनताको मन जितेर चुनाव जितेर आउनू। आफैं चुनाव हार्ने अनि जिम्मेवारी तैंले लिनुपर्छ भन्नेरु ऊ यसले (प्रकाशमान सिंहलाई देखाउँदै) भन्न सुहाउँछ।’ कांग्रेसको दोस्रो मर्यादा क्रममा रहेका पौडेल २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ मा एमाले नेता कृष्णकुमार श्रेष्ठसँग (हाल नेकपा एकीकृत समाजवादी) सँग पराजित भएका थिए।

त्यो निर्वाचनमा कांग्रेसका पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, शेखर कोइराला सहितका नेता पराजित भएका थिए। २०७४ सालको निर्वाचनमा संघीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चेको थियो। संघीय सरकारविरुद्ध अविश्वासको प्रस्ताव राख्ने हैसियतसमेत कांग्रेसले गुमाएको थियो। प्रदेशहरूको हालत पनि उस्तै थियो। कांग्रेसको दोस्रो मर्यादाक्रममा रहेका पौडेल २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ मा एमाले नेता कृष्णकुमार श्रेष्ठसँग ९हाल नेकपा एकीकृत समाजवादी० सँग पराजित भएका थिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।