१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


विराटनगरमा राधाकृष्ण रथयात्राको रौनक


0
Shares

विराटनगर, भदौ १८ । प्रत्येक वर्ष श्रीकृष्णजन्माष्टमीको भोलिपल्ट विराटनगरमा हुने ऐतिहासिक धार्मिक राधाकृष्ण रथयात्रा सोमबार मनाइएको छ ।

५१औं रथयात्राको प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले विशेष पूजाअर्चाना गरेपछि विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरी नगरपरिक्रमा गरिएको थियो ।

रथयात्राको अवलोकन गर्न नेपाल, भारतलगायतका सयौं भक्तजन, सर्वसाधारण विराटनगर आएका थिए ।

प्रदेश–१ को सरकारले रथयात्राको अवसरमा सोमबार प्रदेश–१ मा सार्वजनिक बिदासमेत दिएको थियो ।