Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


सरकार २ अर्ब घाटामा : तलब र पेन्सन खुवाउनै धौधौ


6.2k
Shares

काठमाडौं । सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइरालाले केही दिनअघि एउटा फेसबुक स्टाटस लेख्नुभयो, ‘सरकार संकटमा परेछ कि, फागुनदेखि पेन्सन पठाएको छैन ।’

डा. कोइरालाको स्टाटसपछि केहीले सामाजिक सुरक्षा भत्ता रोकिएको, कतिपय कर्मचारीको तलबभत्ता रोकिएको लगायतका विभिन्न प्रतिक्रिया आएका छन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले मात्रै होइन तथ्यांकले पनि देशको अर्थतन्त्र अप्ठ्यारोमा परेको तर्फ संकेत गरेको छ ।

तथ्यांकले सरकारको आम्दानीभन्दा खर्च धेरै रहेको छ । आइतबारसम्म सरकारले ७ खर्ब ३६ अर्ब ४ करोड २८ लाख रूपैयाँ आम्दानी गर्दा खर्च भने ९ खर्च ५५ अर्ब २५ करोड ७४ लाख रूपैयाँ भएको छ ।

यस अर्थमा सरकारलाई झन्डै २ खर्ब रूपैयाँ घाटामा देखिएको छ । जसका कारण सरकारलाई तलब र पेन्सन खुवाउनै धौधौ परेको हो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।