
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा रहेका केही प्रावधान प्रति अर्थ मन्त्रालयले ‘अब्जेक्सन’ जनाएको छ ।
सो विधेयक विवादित हुँदै गएकाले पनि अर्थ मन्त्रालयले विधेयकलाई गम्भीरतापूर्वक अध्ययन गरेरमात्रै अगाडि बढ्ने बताएको छ । हाल सो विधेयकमा भएका कतिपय प्रावधान कर्मचारीअनुकूल नभएको भन्दै कर्मचारीहरू विधेयकविरुद्ध आन्दोलित छन् ।
कर्मचारीको विरोध र आन्दोलनका बीच अर्थ मन्त्रालयले पनि आपत्ति जनाएपछि संघीय निजामती सेवा ऐन तत्काल आउने सम्भावना न्यून देखिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा ऐन छिटो ल्याउने दाबी गर्दै एक महिनाअघि नै संघीय निजामती सेवासम्बन्धी विधेयक आवश्यक परामर्श र स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो तर अर्थले विधेयकमा व्यवस्था गरिएका केही प्रावधानले आर्थिक लागत बढ्ने भन्दै त्यस्ता व्यवस्था हटाउनुपर्ने सुझाव दिएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्