Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


महानगरमाथि मन्त्रालयको लाञ्छना : फोहोरका नाममा शुल्क असुली मात्र


351
Shares

काठमाडौं । फोहोर व्यस्थापनमा काठमाडाैं महानगरले न्यूनतम जिम्मेवारी पनि पूरा नगरेको भन्दै संघीय सरकारले महानगरलाई दुईपटक चिठी पठाएको छ ।

सहरी विकास मन्त्रालयका सहसचिव एवं बन्चरे डाँडा ल्यान्डफिल्ड आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक रवीन्द्र बोहोराका अनुसार संघीय सरकारले बनाएको मापदण्ड न्यूनतम रूपमा पनि पूरा नगरी काठमाडौं महानगरले फोहोर विसर्जन गरेकाले २०७९ असार ३ र पुस २७ गते गरी दुई पटक महानगरलाई चिठी पठाएको छ ।

सहरीले दुई/दुईपटक चिठी पठाउँदासम्म महानगरले संघीय सरकारलाई बेवास्ता गरेको उनले बताए ।

सहरीले महानगरलाई पठाएको चिठीमा मापदण्डबमोजिम फोहोरमैला विसर्जन गर्नुपूर्व कुहिने र नकुहिने फोहोर छुट्याएर नराखेको, फोहोरको तौल लिई अभिलेख नराखेको, तोकिएको निश्चित स्थानमा फोहोर विसर्जन नगरेको, भेन्ट पाइप (फोहोरबाट उत्पन्न ग्यास जाने पाइप) मापदण्डबमोजिम विस्तार नगरेकोलगायत विषयमा विभागले महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Skip This