४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


केबलकारमा फसेका यात्रुको चार घण्टापछि उद्धार


58.305k
Shares

काठमाडौं । चन्द्रागिरि केबलकारका लट्ठामा झुन्डिएर आकाशमा चल्दै गरेका डिब्बा (गोन्डोला) अचानक रोकिँदा तिनमा फसेका यात्रुको चार घण्टापछि उद्धार गरिएको छ ।

सप्ताहान्त मनाउन र भालेश्वर महादेवको दर्शन गर्न शुक्रबार साँझ ६ बजे चढेका झन्डै १५० यात्रु केबलकार एक्कासि बन्द भएपछि आकाशमै अलपत्र परेका थिए ।

केबलकारमा फसेका यात्रुलाई मानिसले लट्ठा ताने र चार घण्टापछि राति १० बजे तल्लो स्टेसनमा ल्याएर उद्धार गरिएको हो ।

सम्भावित दुर्घटना रोकी यात्रुलाई सकुशल उद्धार गर्न प्राविधिक, प्रहरी तथा चिकित्सक टोली खटाइएको थियो । यात्रुको उद्धारपछि चन्द्रागिरि केबलकार कम्पनीले शुक्रबार राति आफ्नै सवारीसाधनमा चढाएर घर घरमा पुर्‍याइदिएको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।