Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


‘सकम्बरी’ गीत हटाउन दवाव आएपछि प्रकाश सपुतले फर्काए जवाफ


16.5k
Shares

काठमाडौं । गायक प्रकाश सपुतले ‘सकम्बरी’ गीत हटाउन दवाव आएपछि जवाफ फर्काएका छन् ।

प्रकाशले गीत सात दिनमा करोड पटक भन्दा बढी हेरिएकोमा सबै दर्शकलाई धन्यवाद समेत दिएका हुन्।प्रकाशले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस लेख्दै माया र प्रशंसाले हौसला प्रदान गरेको तथा खबरदारीले सचेत गराएको उल्लेख गरेका छन्। साथै प्रकाशले रात्रिकालीन मनोरन्जन व्यवसायी संघलाई सम्बोधन गर्दै गीत हटाउन सार्वजनिक गरिएको विज्ञप्तिको जवाफ पनि दिएका छन्।

उनले आफ्नो सिर्जनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कसैलाई चोट पुगेमा वा अपमानजनक महसुस भएमा सबैसँग क्षमा समेत मागेका छन् । उनले लेखेका छन्, ‘मलाई कसैलाई होच्याएर आफू अग्लिनु छँदै छैन । कसैलाई असफल बनाएर आफू सफल हुनु पनि छँदै छैन । समाजको सिर्जना गर्ने तर, समाजकै चित्त दुखाउने मेरो नियत होइन ।’

सात दिनअघि प्रकाशको ‘सकम्बरी’ सार्वजनिक भएपछि गीतलाई लिएर अनेक कोणबाट बहस भइरहेका छन् । कसैले यथार्थता देखाएको भनेर प्रशंसा गरेका छन् भने कसैले महिलालाई वस्तुकरण गरेको भनेर उनको आलोचना गरेका छन् ।

‘सकम्बरी’ सार्वजनिक भएपछि गीतको भर्त्सना गर्दै युट्युबबाट गीत हटाउन माग गर्दै रात्रिकालीन व्यवसायी संघले प्रेस विज्ञप्ति समेत सार्वजनिक गरेको थियो ।

गायक प्रकाशले फेसबुकमा लेखेको स्टाटस यस्तो छ: