४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


कामका लागि नेपाल आउने विदेशी बढे


2.392k
Shares

काठमाडौं । कोरोना संक्रमणपछि रोजगारीका लागि नेपाल आउने विदेशी नागरिक बढेका छन् ।

विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यवसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या बढेको हो ।

नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिने विदेशीको संख्या वृद्धि भएर १ हजार ७७४ पुगेको छ । अघिल्लो वर्ष नविकरण र नयाँ गरेर १ हजार ५ सय ७६ ले नेपालमा काम गर्न अनुमति लिएका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालमा काम गर्ने चाहाना राखेर श्रम स्वीकृति लिने विदेशीको संख्या १२ प्रतिशतले बढेको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।