४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


वाणिज्य बैंकहरूको खराब कर्जा तीन प्रतिशत माथि


130
Shares

काठमाडौं । चालु आर्थिक वर्षको सुरूवातदेखि नै मुलुकको अर्थतन्त्रमा सुस्तता आउँदा त्यसको असर बैंकिङ क्षेत्रमा देखिएको छ ।

अर्थतन्त्रमा संकुचन बढ्दै जाँदा बजार सुस्त बनेपछि ऋणीहरूले बैंकबाट लिएको कर्जा तिर्न सकेका छैनन् ।

बैंकहरूले ऋण उठाउन जोडबल गरे पनि नसक्दा खराब कर्जा बढ्दो क्रममा देखएको छ ।

बैंकहरूले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार उनीहरूको खराब कर्जाको प्रतिशत उच्च दरले बढेको हो । कतिपय बैंकहरूको खराब कर्जा दोब्बरभन्दा बढीले बढ्न पुगेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।