
दार्चुला । जिल्लाको नौगाडमा मृत भेटिएका किशोर—किशोरीको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । घटना भएको साता बितिसक्दा पनि अझै त्यसको गाँठी कुरो भने खुलेको छैन् ।
गत चैत्र ३० गते नौगाड गाउँपालिका–४ होेपरीका १८ वर्षीय दीपेन्द्र ठगुन्ना र नौगाड—४ डाँडागाउँकी १७ वर्षीय सञ्जिला धामी मृत अवस्थामा फेला परेका थिए । पीडित परिवारले घटनाको सत्य, तथ्य छानविनका लागि प्रहरीमा जाहेरी दिएका छन् ।
नौगाड गाउँपालिका–४ बौला सल्याडनजिक मृत भेटिएका ती युवा युवती प्रेम सम्बन्धमा थिए। सञ्जिलाको शव चोटपटक लागेको अवस्थामा भेटिएको थियो। त्यसकै केही तल भिरमा दीपेन्द्रको शव भेटिएको थियो ।
‘घटना अनुसन्धान जारी छ,अझै मृत्युको कारण खुलेको छैन,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भने, ‘मृतकका साथी र नजिकका आफन्तहरुसँग सोधपुछ भइरहेको छ ।’
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्