
काठमाडौं । चालू आर्थिक वर्षको सुरुदेखि नै निराशाजनक रहेको वैदेशिक व्यापार नवौं महिना चैतमा पनि सुध्रन सकेन ।
अर्थतन्त्रका अन्य सुचकहरु सुधारन्मुख देखिए पनि वैदेशिक व्यापारको क्षेत्रमा कुल व्यापारदेखि आयात तथा निर्यात व्यापार र व्यापारघाटा कुनै सूचकांकमा पनि सुधार देखिएको छैन् ।
भन्सार विभागका अनुसार चैतमा नेपालले १३ अर्ब ४८ करोड ३७ लाख रुपैयाँबराबरको निकासी गरेको छ भने यो महिना १ खर्ब ४२ अर्ब १२ करोड ३४ लाखबराबरको वस्तु आयात गरेको छ ।
यसरी चैतमा मात्र नेपालले १ खर्ब २९ अर्ब ६३ करोड ९६ लाख रुपैयाँबराबरको व्यापारघाटा बेहोरेको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्