४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


तातोपानीबाट वैशाख १८ देखि आयात-निर्यात खुला


312
Shares

काठमाडौं । कोभिड संक्रमण बढेसँगै बन्द भएका चीनतर्फका व्यापारिक नाका एकपछि अर्को खुल्ने क्रम सुरु भएको छ ।

गत चैत १८ देखि केरुङतपफर्को नाका पूर्ण रुपमा सञ्चालनमा आएकोमा यही वैशाख १८ देखि तातोपानी नाका पनि खुल्ने भएको हो ।

तातोपानी नाका खुलाउने तथा सिमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच मंगलबार द्विपक्षीय बैठक सम्पन्न भएको छ ।

बैठकमा नेपालको तर्फबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारी सहभागी थिए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।