२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


संवैधानिक परिषद् : विपक्षी हावी


1.664k
Shares

काठमाडौं । लामो समयदेखि किचलोबीचमा प्रधानन्यायाधीशको नियुक्तिका लागि बाटो खुले पनि सहज वातावरण भने बनेको छैन् ।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्मा विपक्षी हावी हुने देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झौता गर्नुपर्ने बाध्यता रहेको देखिन्छ ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा संवैधानिक परिषद्को बैठक शुक्रबार सिंहदरबारमा बस्दै छ ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले परिषद्ले परिषद्को बैठकबाट प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुने बताए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।