२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


आन्तरिक उडानमा तीन विमान थप्दै निगम


377
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि साना विमान खरिद गर्ने भएको छ ।

दुई विमानले मात्र उडान भरिरहेको निगमले खरिदको योजना अगाडी सारेको हो ।

निगमले सोमबार सूचना जारी गर्दै भनेको छ, ‘तीन वटा साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको छ ।’ निगम सञ्चालक समितिले सञ्चालक समितिका सदस्य समेत रहेका वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ ।

उक्त उपसमितिले कामसमेत सुरू गरिसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले भने, ‘आन्तरिकमा ३ साना विमान खरिदको लागि निगमले प्रक्रिया अगाडि बढाएको छ ।’

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।