३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


चीनसँग रेल्वे, ऊर्जा सहयोग र पुनःनिर्माणमा सम्झौता हुन्छ : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि हुने आफ्नो चीन भ्रमणकाक्रममा रेल्वे, ऊर्जा सहयोग, पुनःनिर्माणमा द्विपक्षीय सम्झौता हुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकलाई भ्रमणबारे जानकारी दिँदै उनले आफ्नो अघिल्लो भ्रमणका बेला चीनसँग दूरगामी महत्वका सम्झौताहरु गरेको भन्दै ती सम्झौताहरुको कार्यान्वयन र विकासका एजेन्डामा छलफल हुने बताए ।

प्रधानमन्त्री ओलीले चीन समस्यारहित छिमेकी भएको उल्लेख गर्दै छिमेकीका चासो सम्बोधन गर्न तयार रहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले मुलुकको बृहत्तर हित, राष्ट्रिय स्वभिमान र प्राथमिकतालाई ध्यानमा राखेर चीनसँग वार्ता र सम्झौता गरिने बताए ।

भ्रमणकाक्रममा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ, चिनियाँ कंग्रेसका स्थायी कमिटी सदस्यलगायतका उच्च नेताहरुसँग भेटवार्ता हुने पनि उनले जानकारी दिए ।

उनले मुख्य भूमि चीनपछि स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने र त्यहाँका नेतृत्वसँग छलफल हुने जानकारी दिए ।

प्रधानमन्त्री ओली मंगलबार बिहान औपचारिक चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली असार १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।