
काठमाडौं । अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठ सोमबार पुतलीसडकस्थित आर्टोम्युज रेकर्डिङ स्टुडियोमा पुगे । नेपाल भाषाको नयाँ गीत रेकर्ड गर्न उनी स्टुडियो पुगेका थिए ।
मिजासिला स्वभावका मदनकृष्णले गीत रेकडिङको क्रममा पुराना कुरा सम्झिए ‘पहिला पहिला पूरा गीत सुरुदेखि अन्त्यसम्म एक टेकमै गाउनुपथ्र्यो ।’ उनले भने, ‘अहिले त एउटा एउटा शब्द जोडेर पनि गीत बनाउन मिल्छ कति सजिलो ।’
कलाकार श्रेष्ठले त्यही स्टुडियोमा नेपाली र नेपाल भाषाका दुई दर्जनभन्दा बढी गीत रेकर्ड गराइसकेका छन् । प्रविधिमा आएको परिवर्तनले स्रष्टालाई निकै सजिलो भएको कुरा गरे ।
जति बेला उनले गीत गाउन सुरु गरेका थिए । दुईटा मात्रै स्टुडियो थियो रेडियो नेपाल र रत्न रेकर्डिङको स्टुडियो । ती दुई ठाउँबाहेक गीत रेकर्ड सम्भव थिएन ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्